
बाल्यकालमा देखेका सबै सपना पूरा हुँदैनन् तर अन्जु पन्त यस्ती भाग्यमानी गायिका हुन् जसले सानो उमेरमा जस्तो सपना देखेकी थिइन् आज ठिक त्यही स्थानमा छिन्।
परिवारिक पृष्ठभूमि सांगीतिक नभए पनि अन्जु बाल्यकालमा दुई गीत असाध्यै गुनगुनाउँथिइन। ति गिीत थिए अरुणा लामाको पोहोर साल खुशी फाट्दा र लता मंगेशकरको नाम गुम जाएगा। तर यि दिनमा उनले आफू पनि कहिलै उनीहरु जसरी नै गाउँला र मान्छेले सुन्लान भन्ने ठानेकी थिइनन् तर उनका लागि विधिले यही नै लेखिदिएको रहेछ।
२०३९ असार १० गते ताप्लेजुङ्गको आद्रयमा जन्मेर काठमाडौंको फर्फिङ सतिखेल बसाईं सरेकी अन्जु बुबा विष्णु पन्त र आमा मनमाया पन्तको कोखबाट जन्मिएकी हुन्। तर उनको सांगीतिक जन्म भने आफ्नी फुपु जानकी के.सीको माध्यमबाट भएको हो। संगीतमा पनि भविष्य बन्न सक्छ भन्ने चेत भएकी उनले अन्जुलाई संगीत सिकाउन भनेर गुरु कृष्णमान डङ्गोलको घर पुर्याएकी थिइन्। यहीं अन्जुले आलाप,आरोह,अवरोह सिकिन् र सँगसँगैै जीवनको पहिलो गीत पनि रेकर्डिङ्ग गराईन्। कृष्णमान डङ्गोलको संगीत र शिला पन्तको रचनामा उनको प्रथम रेकर्डेड गीत थियो 'मनुवा मनमै जोगी बनाऊ....।
२०५४ संगीतमा उनको टर्निङ्ग प्वाइन्ट थियो। यो साल उनले रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी गायन प्रतियोगितामा सुरज थापा र पछिकी चर्चित गायिका शर्मिला वर्देवालाई पछि पार्दे उपाधि हात पारिन् । तर उनको यो उपाधिले संगीत यात्राले जति सहज बनाउनु पर्ने थियो त्यति पार्न सकेन। बरु सोही प्रतियोगितामा तेश्री भएकी शर्मिला एल्वम तथा चलचित्रको पार्श्व गायनमा स्थापित भईन्। यसपछिका केही साल उनले सानो तिना गीतमा चित्त बुझाइन। नारायाण गोपाल संगीत कोषले आयोजना गरेको यस्तै एउटा प्रतिस्पर्धात्मक कार्यक्रममा गायक मनोज राजसँग मन मुटु साटिए पछि उनीहरु दुवैले विवाह पनि गरे।

२०६१ सालमा आएको गाथा नामको एल्वमले अन्जु पन्तको क्षमतालाई सतहमा ल्याउन मद्धत गर्यो। आफ्ना पति मनोजराजका साथ गाएको गीत एउटा यस्तो कथा रैछ ले उनीहरुलाई पुन : एक पटक संगीतको मैदानमा प्रतिस्पर्धाका लागि योग्य बनायो। त्यसपछिका दिनहरु भने अन्जु पन्तका लागि अलि सहज हुँदै गए।
किन उड्यो पंखी मन 'बगर' चलचित्रको यो गीतसँगै उनले चलचित्रमा पार्श्व गायन समेत शुरु गरिन्।
२०६३ सालमा रिबेल क्रिएशन मार्फत् निस्किएको पूराना रिमिक्स गीतहरुको एल्वम कम्पन उनको सांगीतिक जीवनमा अर्को ठूलो उपहार बनेर आयो। पहिले नै चर्चित भएका गीतहरुलाई उनले पुनः गाएकी भएपनि उनको गलामा रहेको मिठास र बान्कीले उनी नेपालका संगीत निर्देशकको पहिलो रोजाई बन्न पुगिन्।
उनको यो आगमन सुगम संगीत भन्दा पार्श्व गायनका लागि वरदान साबित भयो। यो यही बेला थियो जति बेला नेपाली सिनेमाको पार्श्व गायनमा महिला आवाजको खाँचो थियो। पार्श्व गायनमा जमेकी सपना श्री अमेरिका पलायन भएकी थिइन् र चलचित्र संगीतमा शम्भुजित युगको अन्त्य भईसकेको थियो। अर्थात् देविका बन्दनाहरु प्नि यो क्षेत्रबाट टाढिई सकेका थिए।
स्थापित हुने क्रममा रहेका शर्मिला वर्देवा र ममता दिपविमहरु प्नि पलयानमा भईसकेपछि नेपाली संगीतकारहरु काम चलाऊ गायिकाले आफ्नो काम चलाईरहेका थिए। यस्तोमा अन्जु पन्तको आवाजले उनीहरुलाई लौभ्याएपछि अन्जु पन्तको सफलता यात्रा शुरु भयो। उनले पार्श्व गायन र सुगम संगीतमा एक छत्र रा जगर्न थालेको नै पाँच वर्ष पुगिसकेको छ। उनले चलचित्र र एल्वमका लागि १००० भन्दा बढी गीत गाईसकेकी छिन्।
नेपाली संगीतमा सबैभन्दा सफल गायिको विशेषण तिर लम्कँदै गएकी अन्जुले २०६८ सालमा भने पारिवारिक जीवनमा ठूलो झट्का बेहोर्नु पर्यो। भगवानले एक जना मान्छेलाई सम्पूर्ण खुशी िदिंदैनन् भन्ने कुरा उनको जीवनमा पनि चरितार्थ भयो। अर्थात् २०६८ सालमा एक दशक भन्दा लामो वैवाहिक जीवन विधिवत रुपमा अन्त्य भयो।
नेपालका लगभग सबै प्रतिष्ठित अवार्ड पाईसकेकी अन्जु फुर्सदको समयमा छोरी परितोषिकालाई समय दिनुका अलावा तबला बजाउन र सेक्सोफोन बजाउन रुचाउँछिन्।
अरुणा लामा,नारायाण गोपाल र रनजीत गजमेरलाई आफ्ना प्रेरणा श्रोत मान्ने अन्जुलाई आफूले गाएका गीतहरु मध्ये जिन्दगानी फूलै फूलको थुङ्गा हुँदैन...मेरा आसक्ति र भुन भुन भँवराको विशेष प्रिय लाग्छन्।




































