Alina's Bakery Cafe
Tarang
Black Myna
Lumanti Dental Clinic
Welcome guest

पfरसमणी नारायण रायमाझी

2012-01-18 10:42 am
Views [52]
By: Samipya Timalsena


 
यदि कोही नयाँ व्यक्ति लोकगायक हुने सपना पालेर शहरतिर झर्‍यो भने उसको सपना हुन्छ– बलवीर थापा बन्ने। यदि बलवीर थापा नभए बद्री पंगेनी, खेम गुरुङ्ग बन्ने, त्यो पनि भएन भने भगवान् भ48डारी, विष्णु खत्री, इन्द्र जिसी या राजु परियार बन्ने। तर यी चर्चित गायक/गायिकाहरुलाई उनीहरु कस्तो श्रष्टा बन्न चाहन्छन् भनेर सोध्ने हो भने उनीहरुको सिधा उत्तर हुन्छ– नारायण रायमाझी। पत्रपत्रिका, रेडियो र टेलिभिजनमा कम देखिने वा बोल्ने, ठेट शहरियाले चिन्दै नचिन्ने आखिर को हुन् यी व्यक्ति? जो अधिकांश चर्चित लोक गायक तथा गायिकाका प्रेरणाका श्रोत बन्न पुगेका छन्।  
 
बाल्यकाल
उनको जन्म २०२० साल बैसाख ११ गते सोमबार झरेवा ५ पाल्पामा भएको हो। उनी सानो छँदा लाटो स्वभाव र अत्यन्तै सोझो थिए। बाल्यकालमा जब रेडियोमा गीत बज्थे, उनलाई ठूलो आवाज बनाएर गाउँलेलाई सुनाउन मन लाग्थ्यो। चर्चित गायक गायिकाका गीत रेडियोबाट बज्दा रेडियोमा गाउन पाए कस्तो हुन्थ्यो कल्पेर बस्थे। तर त्यो कल्पना नै उनलाई चन्द्रमा जत्तिकै टाढा लाग्थ्यो।म सोझो गोठालो केटो, कसरी त्यस्तो ठाउँमा पुग्न सकुँला'– यही सोचेर म आफ्नो मनलाई मार्थे। तर जब रेडियोमा झलकमान गर्न्धव, धर्मराज थापा, ल73मी जोशी, कल्याण शेरचन, नारायण गोपाल, तारादेेवीको गीत बज्थ्यो, आफ्नो मनलाई बाँध्नै नसकी रेडियोसँगै लहै मिलाउँथे उनी। बाख्रा गोठालो, घाँस दाउरा जाँदा उनको साथमा मुरली हुन्थ्यो, मुरलीको धुनसँगै उनका मनका भावनाहरु पोख्थे। सारङ्गी बजाउँथे, गाउँमा बिहे बटुलो हुँदा सनई बजाउँथे, पञ्चेबाजा बजाउँथे र नाच्थे पनि। स्कुलमा साँस्कृतिक कार्यक्रम भइरहन्थ्यो, त्यहाँ पनि गीत गाउन पछि पर्दैनथे। उनका बुबा (सूर्य रायमाझी) पनि गीत गाउनु हुन्थ्यो। २०२८ सालमा उहाँले नै लय शब्द सिकाउनु भएको कस्ले दियो... गीत गाएर स्कुलको वार्षिक कार्यक्रममा प्रथम भए नारायण। पछि बुबाले नै तबला बजाएर नाच्न सिकाउनु भएको थियो। उनको गायनप्रतिको लगाव देखेर अब छोरो बिग्रन्छ भनेर बुबाले पढाइमा मात्र लाग् भन्नु भयो। त्यसबेला संगीतको घरायसी प्रतिबन्ध उनलाई मन परेन। १२ वर्षको थिए, दुर्गम गाउँ दशैँमा टीका लगाएको पैसाले पेवा कुखुरा पालेका थिए उनले। संगीतप्रतिको मोहले त्यही कुखुरा बेचेर मादल किने उनले। बुवाले कराउनु हुन्छ भन्ने डरले घरमा ल्याउन सकेनन् र गोठमा लुकाए। उनलाई बजाउन मन लाग्थ्यो, बजायो भने घरमा थाहा भइहाल्ने, दुई महिनासम्म त उनले आफैंले किनेको मादल पनि सुम्सुम्याएर चित्त बुझाउनु पर्‍यो। पछि उनका बुबाले मादल देख्नु भयो रहरले साथीको लागेर ल्याएको भनी टार्नुपर्‍यो। दुई घ48टा टाढाको स्कुल थियो, घना जंगलको बाटो, उनी स्कूल पुगुञ्जेलसम्म गीत गाँउदै मुरली बजाउँदै हिंड्थे।  
 
शिक्षा
 
वाद्यवादनको सामान्य ज्ञान उनले गाउँमा नै सिके। मादल, मुरली, सनई, पञ्चेबाजा उनलाई पहिले नै आउँथ्यो। पछि रेडियो नेपालबाट अनौपचारिक वाद्यवादनसम्बन्धी शिक्षा लिए। प्रयाग संगीत इलाहावादअर्न्तगत कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट स्वरतर्फ सिनियर डिप्लोमा पूरा गरे। यता बिए पनि पास गरे।  
 
रेडियो नेपालमा प्रवेश
 
उनी लोेकगीत भनेपछि हुरुक्कै हुन्थे। संयोेग त्यस्तै पर्‍या २०४० सालमा विद्यालयको रजत महोत्सवमा रेडियोका चर्चित गायक स्व. लोकबहादुर क्षेत्री आउनु भएको थियो। क्षेत्रीले गाउने गीतमा नारायणले नै संगीत संयोजन र गीत पनि गाएका थिए। बाजा बजाएको र गाएको सुनेर क्षेत्रीले रेडियो नेपाल आउने सल्लाह दिनु भयो। ढुङ्गो खोज्दा देउतै मिल्यो नारायणलाई। उनी पहिलो पटक २०४१ सालमा काठमाडौं आए र गीत गाउने ठूलो अभिलाषा लिएर रेडियो नेपाल पुगे। रेडियोमा पुग्ने बित्तिकै गीत गाउन पाउने कुरै थिएन, दिनभर रेडियोमा डुल्ने र साथीभाइ बनाउने काम मात्र भयो। छ महिनासम्म रेडियोमा धाएर धेरै अनुरोध गरेपछि बल्लबल्ल उनले वाद्यवादकको काम पाए। तर त्यो बिनापारिश्रमिकको काम थियो। एक वर्षपछि भने एउटा गीतमा संगीत संयोजन गरेको रु. १० पाउन थालें। त्यो दश रुपियाँ दश हजारजस्तै लाग्यो उनलाई। पछि मैले रु. २५० पाउन थालेपछि त संसारकै ठूलो मान्छे हुँ कि जस्तो लाग्थ्या, उनीको खुशी आँखामा छचल्किन्छ तर जीवनको ल73य र प्राप्ति त धेरै टाढा रहेछ, पछि पो बुझ्न थालें। २०४३ सालमा स्वर परीक्षा पास भएपछि आम्दानी बढाउन सोल्टी होटलमा गाउन थालेँ। दिनभर रेडियोमा र राती सोल्टीमा गीत गाउन थालेको केहीपछि रेडियोमा स्थायी जागीर भयो। २०४७ सालबाट भने संगीत अधिकृतको रुपमा काम गरिरहेको छु।
 
रिमाको स्थापना  
 
२०४७ सालमा साँस्कृतिक कार्यक्रमको सिलसिलामा विभिन्न देश लगायत जापानको २५ वटा शहरमा कार्यक्रम थियो। त्यहाँ जाँदा स्टुडियोको केही सामान पनि लिनुपर्ला भनेर सोच्दै उनले केही पैसा लिएर गएको थिए र कार्यक्रमबाट पनि केही पैसा उनले पाए।
मसँगै गएका धेरै जसो साथीहरुले महंगा विलासिताका वस्तु र पैसा नै लिएर आए। म जस्तो गायकका लागि रेकर्डिग मेसिनभन्दा ठूलो केही होइनजस्तो लाग्यो। स्टुडियोको सामान बोकेर आएँ। आफ्नै लागि भनेर स्टुडियो बनाए पनि पछि गाउने रहर लिएर धेरै गायकगायिका आउन थाले। गीत रेकर्ड भइसकेपछि रेकर्ड गरेका गीतहरु बजारमा ल्याउन समस्या पर्न थाल्यो। उनीहरुले भने जस्तो कम्पनी नपाएका र ती एल्बम बजारमा नआउने स्थिति देखेको कारण आँफैले बजार व्यवस्थापनको काम पनि शुरु गरें। यसरी काम बढ्दै जाँदा, ८ र २४ ट्र्याक र डिजिटल स्टुडियो पनि थपे। अहिलेसम्म लगभग ४०० जति एल्बम रिमाबाट निस्किएका छन्। आफ्नै लागि भनेर खोलेको स्टुडियो थाहै नपाई व्यावसायिक भएछ। उनलाई कस्तो लागेको छ भने, यस्तो एउटा संगीत कम्पनी होस्, जसले सबै गायकगायिकाको रहर पूरा गरोस् राष्ट्रिय र अर्न्तराष्ट्रिय बजार बिस्तार गरोस्, अरु उद्योग जस्तै संगीत पनि उद्योग बनोस्।

Narayan Rayamajhi
संघर्षका दिन  
 
माथिका उपलब्धिहरुलाई हेर्दा कति सजिलै उपलब्धि भएजस्तो लाग्छ होला, तर जीवननै संघर्ष हो। उनलाई थाहा छ। त्यही संघर्षले आज उनलाई यो अवस्थामा ल्याइपुर्‍यायो। बाल्यकालमा २ घ48टा टाढाको स्कुल, बिहान बेलुका काम गर्नु पर्ने बाध्यता, आर्थिक संकट, बिहान संगीत सिक्नु, दिनभर रेडियो नेपालमा खट्नु ५ बजेपछि क्याम्पस र सबै पिरियड नसकिकनै सोल्टी होटलमा गीत गाउन जानुपर्ने र रात ढल्न लागेपछि कोठा पुग्नु उनका संघर्षमय दैनिकी थिए। तर उनले जे गरे सफलता भने पाउँदै गए। तर हिजोसम्म रेडियोमा गाउन संघर्ष गर्थे भने आज आफूले कमाएको ख्याति र उपलब्धिलाई जोगाउन संघर्ष गरिरहेका छन् उनी। तर जे छु, जस्तो छु सन्तुष्ट छ, उनी भन्छन्।  
तर ममाथि दैवले वज्रपात गर्‍यो। मलाई सधैँ हौसला दिने मेरो दाजु ल73मणको निधन भयो। जुन घटनाले मलाई बारम्बार रुवाउने गर्छ। संसारमा मेरालागि सबैभन्दा प्यारा कुरामध्ये एक दाजु हुनुहुन्थ्यो र अर्को संगीत छ। दुःख सुख जीवनको पाटै रहेछ उत्कृष्ट संगीत श्रृजना गर्न सकौं भनी लागी परेको छु र जीवन रहेसम्म लागिरहने छु।
 
लोकगीत र नारायण रायमाझी  
 
'लोकगीत नै मेरो जीवन हो। लोकगीत भनेको गाउँबेसीको लय, नेपाली जनजीवनको भावना हो, जहाँ नेपाली माटो बास्ना आउँछ। नेपालीहरु लोकगीतमा नै दुःखसुखका कुरा गर्छन्, जिस्कन्छन जिस्क्याउँछन्, एक अर्काको खबर बु137छन उनी लोकगीतको महत्व झल्काउँछन्। उनको विचारमा नेपाली लोकगीतका तीन हाँगा छन् एक, परम्परागत लोकगीत लय, शब्द केही फेर्न नमिल्ने परापूर्वकालदेखि जस्ताको त्यस्तै चल्दै आएका लोक गीत। जस्तैः सँगीनी, बालन, श्लोक आदि। दुई, ठेट लोकगीत नेपालको कुनै भेकमा गुन्जने लय, जुन पहिलेबाट नै त्यो भेकमा गाइदैआएको हुन्छ। त्यसलाई लय, शब्द संकलन गरिन्छ। केही फेरबदल गर्न पनि सकिन्छ। जस्तैः देउडा, टप्पा, सेलो गीत या कुनै लोक भाका। तीन, आधुनिक लोकगीत नेपाली जनजीवन सुहाउने गरी लय, शब्द दुवै सिर्जना गरिएका गीत। अहिले नयाँ लोक गीतमा प्रायः आधुनिक लोकगीत मात्र छन्। तर, सबै गायक गायिकाहरु सिर्जना गर्छन्, अनि संकलन गरेको बताउँछन्। लोकगीत नेपाली संगीतको जननी हो विश्वमा नेपाललाई चिनाउने चिनारी हो। यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ। जुन नयाँपुस्ताको काँधमा छ। लोकगीतलाई मा137दै, धुलो टक्टक्याउँदै जाने हो भने उच्च बनाउन सकिन्छ। यदि सस्तो मनोरञ्जन र मोजमज्जाका लागि उच्छृङ्गल शब्द प्रयोग गर्दै जाने हो भने लोकगीतको अस्तित्व नै मेटिएर जान्छ। उनको धारणा छ।  
 
उनका राम्रा एल्बमहरु  
 
लाहुरेको जिन्दगी, रोधिघरको रमझम, छोरीको जुनी, पिरतीको धोको, खोक्रो सारगी, कार्गील, फूलबुटे चोली, गेटमा बेलीजाई, ट्याक्सी मोटरकार, कान्छी नानी, धरोधर्म, मायाको चिनो, आदि गरी २४ वटा जति छन्। आधुनिक एल्बमहरु प्रिय र प्रीति। भरोसा, नियती, अब के होला टेलिसिरियलहरुका साथै उनले अहिलेसम्म ५०० जति गीतमा स्वर तथा संगीत दिइसकेका छन्। उनको स्वर होस् या संगीत अथवा संकलन, सबै कर्णप्रिय र चर्चित कहलाएका छन्। अझ रहस्यको कुरा उनका सबै एल्बमहरु ५० हजारभन्दा माथि बिक्री हुने गरेका छन्।  
नेपाली सिनेमा 'गोर्खा पल्टन'बाट नेपाली सिनेमामा छिरेका नारायण रायमाझी यसमा पनि सफल ठहरिए। इन्डियन आइडन प्रशान्त तामाङ्ग र रञ्जना गुरुङ्ग अभिनित यो फिल्म २०६७ सालको सबैभन्दा सफल फिल्म समेत बन्न सफल भएको थियो। यसले देखाउँछ नारायण रायमाझी पारसमणी हुन् उनले जे छुन्छन् बहुमुल्य बस्तुमा रुपान्तरण गराउँछन्।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular Articles [5]
  • 2011-09-12 01:12 pm
    ग्ल्यामर फिल्ड त्यसै पनि रंगीन,अझ त्यस माथी सेलिब्रिटीहरुको लोभ लाग्दो जीवन शैली देखेर उनीहरु जस्तै नाम,दाम र शानको जीवन शैली अपनाउन नचाहने
  • 2011-09-12 12:43 pm
    नेपाली गीत संगीतको बजार फस्टाएर गएको स्वीकार्ने गर्दछन अहिलेका कलाकारहरु । सुगम संगीतको वजार एक समय हराउंदैं गएको होकी भन्ने भान संगीतकर्मीहरुमा पर्न गएको थियो । पप र अति आधुनिक गीतहरुको
  • 2011-09-12 01:34 pm
    I was roaming around the premises of Moksh during an album launching ceremony in search of our photojournalist Bikram. After few minutes of hunt, my eyes stuck on a guy moving down the ladder
  • 2011-12-05 02:47 pm
    Odyssey Zoroastrism, the musical event management com­pany, which has organized many successful musical events both inside and outside the Kathmandu valley, is bringing the K-towners
  • 2011-09-12 01:21 pm
    आज भन्दा बीस बर्ष अगाडिको कुरा हो । जतिखेर नेपाली संगीत क्षेत्रमा पप संगीतको निकै वर्चश्व थियो । त्यतिखेर धेरै युवाहरू विभिन्न नामका आ-आफ्नै सांगीतिक समूहहरूको स्थापना गरी पप संगीतको
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio