Alina's Bakery Cafe
Tarang
Black Myna
Lumanti Dental Clinic
Welcome guest

बीस बर्षपछिको भाग्यमा सुरेश र बबिता

2011-09-12 01:21 pm
Views [864]
By: Administrator

आज भन्दा बीस बर्ष अगाडिको कुरा हो । जतिखेर नेपाली संगीत क्षेत्रमा पप संगीतको निकै वर्चश्व थियो । त्यतिखेर धेरै युवाहरू विभिन्न नामका आ-आफ्नै सांगीतिक समूहहरूको स्थापना गरी पप संगीतको प्रवर्द्धनमा लागिपरेका थिए । तीनै मध्येका एक समूह थियो वेभ्स । त्यही वेभ्स ब्याण्डको भोकलिष्ट थिए-सुरेश मानन्धर

केही एल्बम निकालेर त्यो व्याण्ड बिस्तारै स्थापित हुने क्रममा थियो तर त्यसैवीच व्याण्डका सदस्यहरू उच्च शिक्षा अध्ययनका लागि बिदेश पलायन भए । मात्र बाँकी रहे सुरेश । यसले गर्दा उनले एक किसिमको एक्लोपनको महसुस गर्न थाले । साथै उनी पनि कहिले बिदेश त कहिले नेपाल ओहोर दोहोर गरिरहे । यसले गर्दा उनको सांगीतिक इन्भल्भमेन्टमा कमि हुँदै गयो । यसरी लगभग दुई दशक नै उनी नेपाली म्यूजिक फिल्डबाट ओझेलमै बसे ।
यसैक्रममा उनको विवाह बबिता मानन्धरसँग भयो । बबिता पनि आफैंमा प्रतिभासम्पन्न र कोकिल स्वरका धनी थिइन् । यसरी समान प्रतिभा र समान रूचि भएका दुइटा मन जोडिएपछि सुषुप्त अवश्थामा रहेको संगीतप्रतिको मोह सल्बलाउनु निश्चय नै अनौठो होइन । त्यस्तै सुरेश र बबिताको जोडीले पनि सँगसँगै सांगीतिक यात्रामा फेरि निस्कने निधो गरे । र,यतिखेर उनीहरू आफ्नो भाग्य एल्बमका साथ श्रोतामाझ आइपुगेका छन् । तर यतिखेर उनीहरूले आफ्नो संगीतको धार भने बदलेका छन् । प्रस्तुत भाग्य एल्बम विशुद्ध सुगम संगीत शैलीका गीतहरूको संग्रह हो । जस्तै:
देउराली भागें हजुर, देउ-देउता भागें हजुर-त्यो माया पाउन हजुर !
मिले झैं लाग्यो हजुर, चाहना हाम्रो हजुर-नजिक आउन हजुर !!
कुनै बेला पप गीत गाएर हिड्ने सुरेश एका एक कसरी सुगम संगीत तिर आकर्षित भए त ? के उनले पहिले नै यसबारे सोचेका थिए र ? सुरेश भन्छन्-अहँ ! पटक्कै सोचेको थिइनँ । तर आजभन्दा १२ वर्ष अगाडि एउटा दाजुको सल्लाहमा रेडियो नेपालले आयोजना गर्ने आधुनिक गायन प्रतियोगितामा भाग लिएँ, जसमा म तेस्रो हुन सफल भएँ । त्यहीबाट सुगम संगीत प्रतिको मेरो आकर्षण बढ्यो ।‘
तर,पप गीत र सुगम गीतमा खासै केही अन्तर देखेका छैनन् उनले । ‘पप गीत भन्दैमा थोरै मिहिनेत गर्दा हुने र सुगम भन्दैमा पप भन्दा धेरै मिहिनेत गर्नु पर्ने भन्ने होइन,’सुरेश भन्छन्-‘जुनसुकै संगीतमा रियाज र अभ्यास चाहिन्छ नै । त्यसमा संगीत सम्बन्धी अध्ययन गर्नु पनि जरूरी छ ।‘ बीस वर्षको सांगीतिक बिश्रामका बीचमा डोरेमी संगीत पाठशालाबाट संगीतको औपचारिक कक्षा समेत लिएका सुरेश पहिला पनि साँझ बिहान घरमा गीतार बजाएर संगीतको अभ्यास गर्थे । त्यो क्रम अहिलेसम्म टुट्न दिएका छैनन् रे उनले ।
संगीत सिकेपछि के परिवर्तन भयो त ? यो प्रश्न सोध्न नभ्याउँदै उनले भने-‘निश्चय नै संगीत सिकेपछि मेरो गायन प्रस्तुतिमा केही सकारात्मक परिवर्तन भयो । आफूमा रहेका कमजोरीहरूको पहिचान गरी सुधार्ने मौका पाएँ ।‘ उनले अगाडि थपे-‘हरेक संगीतकर्मीले रियाज गर्नु जरूरी छ ।‘
भर्खरै बजारमा ल्याएको एल्बम भाग्य सुगम शैलीका गीतहरू संग्रहित एल्बम हो । यस एल्बममा सुरेशलाई उनकै जीवन संगीनी बबिता मानन्धरले साथ दिएकी छिन् । यो एल्बम भाग्य बजारमा आएको थोरै समयमै श्रोताहरूबाट राम्रो फिडब्याक पाउन थालेकोमा यी मानन्धर जोडीमा उत्साह थपेको छ । आफूहरूले कडा मिहिनेत गरी श्रोताका हरेक स्वादलाई सम्बोधन गर्ने प्रयास पनि गरेको सुरेशले बताए । यो एल्बमलाई अझ धेरै श्रोताहरुको माया पाउने कुरामा विश्वस्त छु, सेलरोटीसँगको कुराकानीका अन्तमा उनले भने ।
तर हाम्रो खुल्दुली भने अझै बाँकी थियो । पप गायनबाटै सांगीतिक यात्रा प्रारम्भ गरेका उनी अब फेरि पप संगीतमै फर्किने संभावना कतिको छ त ? हाम्रो प्रश्न पूरा हुन नपाउँदै सुरेश बोले-यो बिषयमा हामी दुबै छलफल गरिरहन्छौं । एकपटक फेरि पप शैलीका गीतहरू गाउने मनस्थिति पनि बनाइसकेका छौं । बबिता पनि यसमा सहमत छिन्,डिसाइड भने गर्न बाँकी छ ।‘

तर कुराकानीलाई बिट मार्ने क्रममा उनले भने-‘संगीतको जुनसुकै शैली र बिधा अंगाले पनि यति चाहिं पक्का हो अब हामी निरन्तर रुपमा श्रोता र दर्शक माझ आइरहने छौं ।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular Articles [5]
  • 2011-09-12 01:12 pm
    ग्ल्यामर फिल्ड त्यसै पनि रंगीन,अझ त्यस माथी सेलिब्रिटीहरुको लोभ लाग्दो जीवन शैली देखेर उनीहरु जस्तै नाम,दाम र शानको जीवन शैली अपनाउन नचाहने
  • 2011-09-12 12:43 pm
    नेपाली गीत संगीतको बजार फस्टाएर गएको स्वीकार्ने गर्दछन अहिलेका कलाकारहरु । सुगम संगीतको वजार एक समय हराउंदैं गएको होकी भन्ने भान संगीतकर्मीहरुमा पर्न गएको थियो । पप र अति आधुनिक गीतहरुको
  • 2011-09-12 01:34 pm
    I was roaming around the premises of Moksh during an album launching ceremony in search of our photojournalist Bikram. After few minutes of hunt, my eyes stuck on a guy moving down the ladder
  • 2011-12-05 02:47 pm
    Odyssey Zoroastrism, the musical event management com­pany, which has organized many successful musical events both inside and outside the Kathmandu valley, is bringing the K-towners
  • 2011-09-12 01:21 pm
    आज भन्दा बीस बर्ष अगाडिको कुरा हो । जतिखेर नेपाली संगीत क्षेत्रमा पप संगीतको निकै वर्चश्व थियो । त्यतिखेर धेरै युवाहरू विभिन्न नामका आ-आफ्नै सांगीतिक समूहहरूको स्थापना गरी पप संगीतको
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio