
नेपाली गीत संगीतको बजार फस्टाएर गएको स्वीकार्ने गर्दछन अहिलेका कलाकारहरु । सुगम संगीतको वजार एक समय हराउंदैं गएको होकी भन्ने भान संगीतकर्मीहरुमा पर्न गएको थियो । पप र अति आधुनिक गीतहरुको बर्चस्व बढेर गएको थियो । आधुनिक पप गीतसंग प्रतिश्पर्धामा ओर्लन सक्ने क्षमता लोकदोहोरीमा मात्रै देखिदै आएको थियो । तर केही समय अगाडि देखि पप र लोकदोहोरीको तुलनामा सुगमसंगीतले बजार लिन थाले उप्रान्त सुगम संगीतमा रमाएका कलाकारहरुले आनन्दको अनुभूति गर्न थालेकाछन ।
कलाकारहरु आफ्नै कला सिर्जना आम श्रोताहरु माझ पुगोस, श्रोताले बढी भन्दा बढी आफ्नो गीतलाई रुचाउन भन्ने चाहन्छन । यो चाहना हुनु नौलो होइन ।
धेरै कलाकार छन अहिले सुगम संगीतलाई आफ्नो पेशा बनाएर अगाडि बढी रहेका । यसै लहरमा पर्छिन गायिका रजिना रिजाल।यी नवप्रतिभा रजिनाले गायनमा धेरै समय नविताए पनि धेरैको मनमा घर बनाइ सकेकी छिन । अहिले रजिनाको मिठासपूर्ण आवाजले धेरै नेपाली चलचित्रका गीतहरुलाई सजाएको छ गुन्जायमान बनाएको छ ।
सानै उमेर देखि गीत सुन्न र गाउन रुची राख्ने रजिना रिमालले एघार बर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी थिइन । उनका ठुलो बुबाको रचनामा पहिलो गीत रेकर्ड गराइ सकेपछि उनी आफ्नै आवाज सुनेर दंग परेकी थिइन । एघार बर्षको उमेरमा पहिलो गीत रेकर्ड गर्ने रजिनाले १३ बर्षको उमेरमा पहिलो पटक चलचित्र सपुतका लागि पाश्र्व गायन गरेकी थिइन । यो सिने गायकीको मौका प्रदान गरेका थिए सिनेमा जगतका चर्चित संगीतकार सुरेश अधिकारीले ।
रजिनाको आवाज सुन्नेले उनीलाई देख्दा उनको आवाज हो भनेर पत्याउन गाह्रो मान्ने गरेको बताउंछिन रजिना । कारण भरखर एघार कक्षाको परीक्षाको तयारी गरिरहेकी रजिनाको उमेर र आवाजको परिपक्वताले यो स्थितिको सिर्जना गराएको हो ।
सानो छंदा कस्को गीत गाउंथिन त रजिना ? यो प्रश्न राख्दा उनले हास्दै प्रख्यात गायिका लता मंगेशकरको नाम लिइन । उनी भन्दै थिइन -म प्रायः लताका गीतहरु सुन्थे र गाउंथे । अलिकति पनि फुस्रद मिल्दा वा घरमा एक्लै हुंदा गीत सुनेर गाएर बस्थें । यसरी लताका गीतहरु गाउंदा उनको उमेर जम्मा छ सात वर्षको थियो । नेपाली गीत पनि सुन्न रुचाउंने रजिनालाई हिन्दी गीत त्यसमाथी पनि लताको गीतले बढी आकर्षित गरेको थियो । नेपाली कलाकारहरुमा उनी अरुणा लामा र स्वरसम्राट नारायण गोपालका गीतहरु मनपराउंथिइन ।
उनी भन्छिन -मेरो रुची सुन्नु र गाउनुमा मात्र सिमित थियो । यसरी गायिका नै बन्छु भन्ने सोच रत्तिपनि ममा थिएन । जब म आठ नौ वर्षकी भएं मेरो गायन प्रतिको रुची देखेर मेरा पिताजीले मलाई गायन तर्फनै लाग्न प्रेरित गर्नु भयो । म दस वर्षको हुंदा पिताजीले संगीतको शिक्षा आवश्यक छ भन्दै म्युजिक कक्षामा भर्ना गराउंनु भयो । मलाई त गीत गाउनका लागि संगीतको शिक्षा लिनु पर्छ भन्ने ज्ञान पनि थिएन ।
रजिना रिमालको पहिलो गीति एलवम हो -परी । कुल आठ वटा गीतहरु संग्रहीत यस संगालोमा धेरै गीतकारका गीत छन, धेरै संगीतकारका संगीत छन । आवाज मात्र रजिनाको छ । यहि परी एलवमका लागि रजिनाले पहिलो गीत रेकर्ड गराएकी थिइन । त्यो पहिलो गीत रेकर्ड हुंदा उनी आफ्नो आवाज सुनेर आफै आनन्दित भएकी थिइन,उत्साहित भएकी थिइन । आफ्नो स्वर आफैलाई फरक लागेको थियो । धेरै समय अगाडि देखि परीको काम शुरु भएपनि २०६५ सालमा आएर मात्र यो एलवम सार्वजनिक भएको थियो । परी पछि उनको एकल एलवम अर्को नआए पनि अन्य एलवमहरुमा उनको गीतहरु रहेकाछन । हेमकुमार राईको उधारो गीति संगालोमा रजिनाको केही गीत परेकाछन । अव अर्को एलवम ननिकाल्ने ? यो प्रश्नमा रजिना भन्छिन -निकाल्ने सोचाइ त छ । तर कहिले ? भन्न चै गाह्रो छ । केही समय त लागि नै हाल्छ ।
कुरो चलचित्रमा गायन तर्फ मोडेपछि उनले भनिन-सपुत पछि मिष्टर मंगले, गिरफ्तार, मेरो एउटा साथी छ आदीमा गीत गाएकी छुं र अब प्रदर्शनको तयारीमा रहेको छ नाइ नभन्नु ल । जस्मा सबै गीत मैले गाएकी छुं । अरु चलचित्रहरुमा पनि गाउने क्रम जारी छ।
गाउन त फिल्मी गीत नै गाह्रो हो । किनभने त्यसका लागि कलाकारको मुड र सिचुएशनमा आधारित भएर गीत गाउनु पर्छ । सिचुएशन थाहा भए पछि गीतसंग न्याय गर्न सकिन्छ भन्ने मलाई लाग्दछ ।
आफ्नो मुड जे जस्तो अवस्थामा भए पनि रेकर्डिङ्ग स्टुडियो भित्र पसेपछि गायिका मात्रै हुन्छु म ।
म जस्तो पनि गीत गाउन चाहन्छुं । भर्सटाईल सिंगर हुन चाहन्छु म । मेरा हरेक गीत हरेक श्रोताले मनपराउनु होस । अहिले सम्म पप गीत गाएको छैन तर त्यो पनि गाउने रहर छ ।
O संगीतको शिक्षा जरुरी छ ?
निश्चय पनि जरुरी छ । संगीतको शास्त्रीयताको अध्ययनले गायनमा मिठास मात्रै ल्याउंदैनयस्ले आत्मविश्वास पनि बढाउंछ । संगीतको शिक्षा गायनको जग हो । जस्ले गायनलाई मजबुत बनाउंछ ।
रजिनाको गायकीको फ़ूल फुल्दै जावोस र त्यसको सुरिलो रसको मधुर्यतामा उनको श्रोता मख्ख परुन,शुभेक्षा रजि





































