
१) तपाईं फरक विधाको मान्छे,गीत लेख्न कसरी सुरु गर्नु भयो?
मैले स्कूलकाल देखि नै कविताहरु लेख्थे | कॉलेजमा पुगे पछि साथिहरुले मैले पोख्न खोजेका भावनाहरु कविताको सट्टा गीतको माध्यम बाट पोख्दा अझ प्रभावशाली हुन्छ भन्ने सल्लाह दिए, त्यस पछि मैले गीत लेख्न थाले र अहिले सम्म लेख्ने प्रयास जारी नै राखेको छु | मेरो गीत लेखन को यात्रामा बिशेष गरी दुई जना साथी भनौ वा दाई भनौ, वंहाहरु को बिशेष प्रोत्साहन छ - सरोज कुमार यादव र बासु ढकाल |
२) के कुराले तपाईलाई गीत लेख्न प्रेरित गर्छ?
धेरै कुराहरुले प्रेरित गर्छन - कहिले आफुले भोगेका कुराहरुले, कहिले अरुले भोगेका कुराहरु देखेर, आफ्नो वरीपरीको मान्छेहरुको जिंदगीलाई निरिक्षण गरेर, कहिले मायाले, कहिले पीड़ाले, कहिले ख़ुशीले, कहिले दुःखले, कहिले आफु भित्रको भावनाले, कहिले मन भित्रको उदेगले
३) कतिबेला गीत लेख्ने मुड चल्छ?
गीत लेख्ने कुनै तोकिएको समय, काल, परिस्थिति हुदैन, गीत भनेको मनको भाव शब्दको रुपमा प्रस्फुटन हुने भएकोले मनको भाव, उदेग कहिले कंहा आउछ भन्ने कुनै ठेगाननै हुदैन, गीत लेख्ने मूड कुनै पनी बेला, कंही पनी चल्न सक्छ |
कहिले मान्छेहरुको भीड़मा, त कहिले एकांतमा
कहिले मिलनमा, त कहिले उसको बिछोडमा गीत लेख्ने मूड भनौ वा मनोदशा कुनै पनी बेला चल्न सक्छ यंहा
४) गीत लेख्छु भनेर नै गीत लेख्नु हुन्छ कि निश्चित समय र ठाऊँ नै चाहिन्छ?
मैले अहिले सम्म कहिले पनी गीत लेख्छु नै भनेर कहिले पनी लेखेको छैन, त्यही भएर कुनै निश्चित समय र ठाउंको आवस्यकतानै परेन | माथीनै भने मैले की मेरो लागी गीत भनेको मेरो भावनाहरु लाई प्रस्फुटित गर्ने एउटा माध्यम मात्र हो, र भावना लाई कहिले पनी समय र ठाउंले बाधेको हुदैन |
५) के विषयमा बढी गीत लेख्न मन लाग्छ?
जीवनको बारेमा, मायाको बारेमा, मिलनको बारेमा, बिछोडको बारेमा, ख़ुशीको बारेमा, दुखको बारेमा, आसको बारेमा, निरासाको बारेमा |
६) गायक गायिकाहरु गीत माग्न आउदाँ यस्तो गीत चाहियो भन्छन कि तपाईले लेखेको गीतमा नै सन्तुष्ट भएर जान्छन?
अहिले सम्म मैले लेखेको गीतमा नै संतुष्ट भएर गएका छन |
७) अहिलेसम्म कतिवटा गीत लेख्नुभयो?
रेकार्ड भैसकेका र न भैसकेका मिलाएर ५०-६० वटा जती होला |
८) कुन भावका गीत लेख्दा सहजता महसुस गर्नु हुन्छ?
जीवन दर्शनको बारेमा
९) आइएम अ रकस्टार गीतको सिर्जना कसरी गर्नुभयो?
आईएम अ रकस्टार गीत बिशेष गरेर गायक अमन प्रधानको उमेर, उसको आवाज़, उसको व्यक्तित्वलाई समेटने र झल्काउने गरी सृजना गरिएको थियो | एउटा १० वर्षको बालकको रक संगीत प्रतिको रूचि र त्यस प्रतिको उसको प्रतिभा र समर्पण देखाउन त्यही अनुसारको भावना बोकेको गीत चाहिने भयो, र त्यही आवश्यकता अनुसार आईएम अ रकस्टार गीतको सृजना गरिएको हो |
१०) तपाईंलाई रेकर्ड भएका मध्ये मन परेको गीत कुन हो?
आफ्ना सबै गीतहरुनै मन पर्छ | तर एउटा मात्र भन्नु पर्ने हो भने जीवन दर्शन बोकेको क्रिस के. सी.ले गाएको
के हो र जीवन यंहा कसले बुझेको छ
जीवन भरी पीर बोकी सबै हिड़ेको छ
११. गीत सफल भएको सुन्दा कस्तो लागिरहेको छ?
एकदमै ख़ुशी लागेको छ | कुनै पनी श्रस्ट| लाई आफ्नो सृजना अरुले मन पराएको, सर्हाएको देखन सुन्न पाउंदा साह्रै नै ख़ुशी लाग्छ | मलाई पनी लागेको छ र एक किसिमको आत्म संतुष्टि मिलेको छ र अझै राम्रो राम्रो गीतहरु सृजना गर्ने प्रेरणा र प्रोत्साहन मिलेको छ |





























