Black Myna
Tarang
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest

मैंले जीवनमा संगीत बाहेक अरु कुरा सोच्न जानिन :आनन्द कार्की आनन्द कार्की

2011-12-12 12:00 am
Views [243]
By: Samipya Timalsena


यि हल्ल्ााहरु हुन् २०४२ सालमा नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका त्यस्ता बहुमुखी प्रतिभाका धनी हुन् जो हरेक विधाका गीत उत्तिकै सुमधुरताका साथ गाउन सक्छन्। हालसम्म १४ वटा एकल एल्वम दिईसकेका कार्की चाँडै नै पन्ध्रौं एकल एल्वमको पनि सुरसार गर्दैछन्। देश तथा विदेशका कार्यक्रममा व्यस्त रहने आनन्द कार्की र सेलरोटी प्रतिनिधि बिच संगीतका विषयमा केही कुराकानी चलेको थियो। सोही कुराकानीका महत्वपूर्ण अंशहरु :  
गायनमा कम सक्रियताको कारण के हो?
आजभोलि एल्वम र चलचित्रको पार्श्व गायनमा भन्दा कन्सर्टहरुमा ज्यादा समय दिएको छु। त्यसमा पनि यस्ता कार्यक्रमको मात्रा देश भन्दा ज्यादा बाहिर रहेकाले पनि आनन्द कार्की नेपाली संगीतमा टाढिइसक्यो कि भन्ने भएको हो।
बिचको केही समय सिंगापुर तिर पनि हुनुहुन्थ्यो क्यारे?
हो। म सिंगापुरमा ६ महिनासम्म बसेर आएको हुँ।
पलायन हुने विचार गर्नु भएको त होइन?
निश्चय नै होइन। मैंले जीवनमा संगीत बाहेक अरु कुरा सोच्न जानिन र जान्दिन पनि। तर नेपालको संगीत यस्तो भइदियो कि यसबाट आर्थिक उपार्जन होला भन्ने सम्भावना छैन। हामी जस्तो प्रोफेसनल सिंगरले निरन्तरताका लागि मात्र एकल एल्वम निकाल्ने हो। एल्वमबाट लगानीको दस प्रतिशत पनि फिर्ता आउँदैन। यस्तोमा सांगीतिक कार्यक्रम हाम्रा लागि बिकल्प हुन्। सिंगापुर त्यस्तै एउटा गन्तव्य मात्र हो।  
देश भित्र र बाहिर दुवैतिर थुप्रै कार्यक्रमहरु गरेको अनुभव छ, फरक के हुन्छ?
बाहिरतिर कलाकारलाई भगवान जस्तो मान्छन्। त्यसमा पनि आदिवासी जनजातिहरुले त ज्यादै हत्ते गर्छन्। बाहुन क्षेत्रीहरुले त ठिकै मात्र माया गर्छन्। नेपालको हकमा दुवै कुरामा ठिक ठिकै माया पाईन्छ। आज भोलि मनोरञ्जनका धेरै विकल्पहरु प्नि भएकाले होला गायक गायिकाले कम कमै माया पाउँछन्।
संगीतमा दुई दशक भन्दा बढी समय बिताउनु भयो,सच्चा उपलब्धि चैं के लाग्छ?
प्ाहिलो कुरा त श्रोताको माया नै हो। दोश्रो ठूलो उपलब्धि चैं सन् १९९९मा जिटिभि अवार्ड जित्दाको बेला लाग्छ जतिबेला म भारत र पाकिस्तानका सांगीतिक हस्तीहरुका बिचमा लन्डनमा बस्न पाएँ र प्रतियोगितामा पनि विजयी भएँ।
प्ार्दा पछाडि अब तपाईंको कुन एल्वम आउँदैछ?
न्ाम राखिसकेको छैन। तर यो एल्वममा पनि पहिले झैं गजल,पप र आधुनिकको फ्युजन हुन्छ। यसमा रहने तीन गीतको रेकर्डिंग भईसकेको छ जसमा हरि लम्साल,सम्भुजित बाँस्कोटा,राजु सिंहले संगीत दिनुभएको छ भने बाँकी गीतमा महेश खड्का,शिखर सन्तोष र मेरै पनि संगीत रहनेछ।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular Interviews [5]
  • 2010-11-23 12:00 am
    With the ascending of the band ‘Bidroha’, it can be said that the participation of female in an underground metal scene is not ill at all. The formation of the band ‘Bidroha’ can be a
  • म्यूजिक बाहेक मैले जानेको काम केही छैन-गायक राजु लामा
    2010-06-15 07:31 am
    पछिल्ला केही वर्षदेखि अमेरिकामा रहँदै आएका गायक राजु लामा यतिखेर भने काठमाडौमै छन् । अमेरिकामा रहँदा होस् या नेपालमा,उनको अधिकांश समय नेपाली गीत संगीतमै बित्ने गरेको छ । उनको ब्याण्ड
  • नेपाली संगीतमा नवीन स्वर
    2010-06-07 06:49 am
    नेपाली संगीत क्षेत्रमा नवीन सोंच र उत्साह बोकेर नव गायक नवीन राईको आगमन भएको छ । विगत ११ वर्षदेखि मोफसलको धरानमा बसेर संगीतको आधारभूत शिक्षा आर्जन गरेर हालैसालै आफ्नो पहिलो एल्बम नवीन लिएर
  • Trailer of Bryan Adams’s Concert
    2011-01-09 06:43 am
    Soon, the waves of Bryan Adams in Nepal is hitting the eardrums and heart of music lovers, Cellroti hurried to catch hold of the organizers to dig more on the spices. These are all what we
  • 2010-05-23 12:00 am
    1.How the Band was formed? Manil(ex-bassist), Eros(guitarist) and Aakash(lead) used to play classical rock and were in search of vocalist to perform in a gig at New Plaza. They met Prabin
What is the most important factor for a succes..
Click to Vote
Interviews
  • डिसेन्ट प्रपोजलको पर...

    7 days ago
  • Not-so-long talk wit...

    20 days ago
  • Zee Sa Re Ga Ma, an ...

    26 days ago
  • मेरो यो संगीत यात्रा...

    42 days ago
  • “No Love, Marriage o...

    45 days ago
  • मेरो एल्वमले मायाको ...

    51 days ago
  • मलाई नेपाली गीत गाउँ...

    2 months ago
  • संगीत नै मेरो रुची ह...

    2 months ago
  • मलाई बजारको भन्दा श्...

    2 months ago
  • मैंले जीवनमा संगीत ब...

    2 months ago
Test Transmission of Cellroti Online Radio