
सिर्जनाको भोक यस्तो हुन्छ जसले गर्दा मान्छे जहाँ रहे पनि सिर्जनाका लागि समय र श्रोतको जोगाड गर्छ। सिर्जनाका लागि रमाउने यस्तै प्रतिभाको नाम हो कुमारी लामा। जीविकाको सिलसिलामा अमेरिकामा बस्दै आएकी कुमारी लामाले सिर्जनाको यही भोकलाई शान्त पार्न मिठो मुस्कान नामक एल्वम बजारमा ल्याएकी छिन्। अमेरिकामा रहेकी कुमारीसँग सेलरोटी प्रतिनिधिले फोनबाटै उनको संगीतप्रतिको लगाव र एल्वमका बारेमा केही जिज्ञाषाहरु राखेको थियो। तिनै जिज्ञाषा मध्ये केही प्रतिनिधि प्रश्नहरु
संगीतमा कसरी लाग्नु भयो?
सानो उमेरदेखि नै मलाई संगीतमा रुची थियो। स्कुलका दिन देखिनै गाउँथें। मैंले गाउँदा साथीहरु र स्कुलका शिक्षक सबैले प्रोत्साहन दिनु हुन्थ्यो। यसरी गाउने रहर सानै देखि नै थियो।
तर एल्वम त धेरै पछि निकाल्नु भयो नी त?
हामी नारी आफूले भने जस्तै गर्न अलि गाह्रै छ। कलाको क्षेत्रमा नारीहरुलाई माथि आउन पनि निकै संघर्ष गर्नु पर्छ। स्वयं परिवारलाई कन्भिन्स गर्न पनि गाह्रो हुन्छ। यो सबै कुरा मिलाएर अघि बढ्दा समय लागेकै हो। तर पनि तीनवटा एल्वम त निकालिनै सकें।
कुन कुन एल्वम निकाल्नु भयो?
एउटा त तामाङ्ग गीतको एल्वम हो। अर्को चाहिं पर्खि बस्छु र अन्तिममा मिठो मुस्कान।
देश बाहिर रहेर पनि संगीतका लागि कसरी समय निकाल्नु हुन्छ?
आफ्नो रुचीको काम गर्न पायो भने मान्छेले जसरी पनि काम गर्छ। मेरो हकमा पनि त्यही कुरा लागू हुन्छ। फुर्सद भयो भने म संगीत कै लागि समय निकाल्छु।
यसको मतलब मिठो मुस्कान पनि यस्तै फुर्सदकै उपज हो?
फुर्सद भन्दा पनि लगावको उपज भनौं। संगीत प्रतिको लगावका कारण मैंले एल्वम निकालेकी हुँ। मिठो मुस्कान त्यसैको उपज हो।
कस्तो एल्वम हो यो?
यो आधुनिक मन छुने गीतहरुले भरिएको एल्वम हो। यसमा तपाईं आठवटा गीतहरु सुन्न सक्नु हुन्छ। सबै गीतका शब्द मैंले नै लेखेकी हुँ र स्वर पनि मेरो नै छ। संगीत चाहिं बिक्रम लामाले दिनु भएको छ। आधुनिक गीत सुन्न मनपराउने मानिसका लागि उपयुक्त छ यो एल्वम।
अमेरिकामा हुनुहुन्छ,त्यताका सांगीतिक कार्यक्रममा चाहिं कत्तिको भाग लिनु हुन्छ?
पाएसम्म त लिन्छु नै। तर यहाँ उता जस्तो कार्यक्रम हुँदैनन्। तर यताका कार्यक्रम पनि गायिकाको रुपमा भाग लिईरहेकी हुन्छु।





























