
मिठो स्वरकी धनी सरिता शाही हुनलाई त एक दश वर्षीय सन्तानकी आमा तथा गृहिणी हुन तर अब उनी आफ्नो फरक परिचय बनाउन चाहन्छिन। उनी आफूलाई गायिकाको रुपमा स्थापित गराउन चाहन्छिन्। यसैे सिलसिलामा हालै उनले आफ्नो पहिलो सांगितिक एल्बम 'साहिरा' बजारमा ल्याएकी छन्। उनको यसै एल्बमका बारेमा सेलरोटीले उनीसंग गरेको कुराकानीको अंश :
घरपरिवारमै रमाइरहनुभएको मान्छे संगीतमा कसरी?
संगीतमा त मेरो सानैदेखी नै विशेष अभिरुचि र झुकाव थियो। म स्कूलमा हुने प्रतियोगिताहरुमा पहिला, दोस्रा भईरहनथे। मलाई सबैले तिम्रो स्वर राम्रो छ भन्थे। मैले पि. के बाट संगीतमा नै स्नातक गरेको हूँ। वि. सं २०५५ सालमा पध्मकन्या क्याम्पसमा आयोजित गायन प्रतियोगितामा प्रथम स्थान र वि.सं २०५६ सालमा 'ब्राइटर तिम्रो सुर मेरो गीत' नामक गायन प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकी थिएँ। त्यसपछि मेरो बिहा भयो र परिवारमा नै व्यस्त भइयो। आजकाल त्यो व्यस्तता छैन।
अनि यो एल्बम निकाल्ने तयारी कसरी सुरु गर्नु भयो ?
म पछिल्लो तीन वर्षदेखी डोरोमीमा संगीतकार न्हयँू बज्रचार्यसंग संगीत सिक्दै आइरहेकी छु। यो सिक्ने क्रमलाई पनि जारी राखूँ र एउटा एल्बम गरौं न भन्ने लाग्यो। न्हयँू सर, श्रीमान, तथा साथीभाई सबैले प्रेरणा दिनुभयो र म अघि बढे।
अनि आफ्नो यस एल्बममा कस्को कस्को शव्द र संगीत समावेश गर्नु भाको छ?
यस एल्बममा कुल ६ वटा गीत छन् भने सिडीको एक न्ाम्बरमा रहेको जुग बित्यो तर त्यो दिन 'को म्यूजिक ट्रयाक पनि रहेको छ। दुर्गा लाल श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, विजयध्वज थापा, सुवास क्षेत्री, ओमकार प्रसाद गर्ताैलाको शब्द रहेको छ। त्यसैगरी न्ह्यु बज्रचार्य, बी बी अनुरागी, अमृत क्षेत्री र ओमकार गर्ताैलाको संगीत रहेको छ।
कस्ता प्रकारका गीत समावेश गर्नु भएको छ?
मलाई सेन्टिमेन्टल गीतहरु मनपर्छन र मेरो यस एल्बममा पनि प्राय सेन्टिमेन्टल गीत नै छन् तर 'तिमीलाई पर्खि बस्दा' भन्ने एउटा लोकपप टाइपको गीत पनि छ।
अनि भिडियो?
मलाई एल्बममा भए मध्ये मनपर्ने 'जुग बित्यो तर त्यो दिन कहिले आएन' भन्ने गीतको भिडियो तयार पारेको छु। बनेको भिडियोसंग म साहै सन्तुष्ट छु। अरुहरुबाट पनि राम्रै प्रतिक्रिया पाएकी छु र टि भिमा राम्रै बजेको छ।
अनि अबको योजना?
संगीत अझैं पनि सबै सिकिसकेको छैन। त्यसैले यो सिकाईलाई निरन्तरता दिदैं अझैं निखारिन चाहन्छु, अझ परिस्कृत भएर अघि बढ्नेछु। मेरो यो संगीत यात्रालाई भविष्यमा पनि जारी राख्नेछु।































