Tarang
Black Myna
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest

समापन भयो नेपथ्य संगीत यात्रा

2012-01-22 03:32 pm
Views [24]
By: Cellroti


 
शान्तिका लागि शिक्षा भन्ने नारा सहित शुरु भएको नेपथ्य संगीत यात्रा गोरखामा पुगेर समापन भएको छ। नेपालयको व्यवस्थापनमा देशका विभिन्न ९ शहरमा सांगीतिक कार्यक्रम गर्दै शनिवार गोरखा पुगेको टोलीले चर्चित गीत सुनाउँदै यात्रा समापन भएको घोषणा गरेको हो। जिल्ल्ाा फुटबलसंघ र बाल मन्दिरको सह आयोजनमा भएको कार्यक्रममा ब्यान्डका गायक अमृत गुरुङ्गले लगातार दुई घन्टा गीत गाएका थिए। अमृतलाई ड्रममा धु्रव लामा,गिटारमा सुविन शाक्यर निरज गुरुङ्ग,मादलमा शान्ति रायमाझी र किबोर्डमा सुरज थापाले सघाएका थिए।
सो दौरानमा उनले छेक्यो छेक्यो..जोमसोमै बजारमा...रेसम,सालै ज्यू...जोगले हुन्छ भेट... लगायतका गीत सुनाएका थिए।
 
कार्यक्रमबाट संकलित रकम जिल्लाका विभिन्न विद्यालयलाई दिइने स्थानिय आयोजकले जनाएको छ।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]

Related News
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio