Alina's Bakery Cafe
Tarang
Black Myna
Lumanti Dental Clinic
Welcome guest

सिभिल मलमा उदयमनिला र सञ्जिव सिंह

2012-01-22 03:55 pm
Views [42]
By: Cellroti


 
कन्सर्टमा सितिमिति नदेखिने उदय मनिला सोताङको जोडी शुक्रवार भने सिभिल मलको फुड कोर्टमा आफ्ना सदाबहार गीत गाउँदै गरेको देखियो। सप्ताहान्तमा सांगीतिक कार्यक्रमले सिभिलमल आउने ग्राहकलाई मनोरञ्जन दिने उद्धेश्यले गरिएको कार्यक्रममा शुक्रवारको साँझ यो जोडी सिभिल मलको फुड कोर्टमा देखिएको हो। बेलुकी सात बजेबाट शुरु कार्यक्रममा यो जोडीले एकसेएक नेपाली गीतहरु गाएर सहभागीलाई मनोरञ्जन गराए। बिच बिचमा संगीत रचना सम्बन्धि अनुभव समेत सुनाउँदै गीत गाएको जोडीले बेलुकीको एघार बजेसम्म गीत सुनाए। यो क्रममा उनीहरुले जोडीकै चर्चित गीतहरु हिजो हाम्रो कुरा चल्यो...छिनछिनमै हाँस्न मन लाग्छ.... लगायतका गीतहरु सुनाएका थिए।
 
सिभिलमलको शनिवार भने दोश्रो पुस्ताका पप गायक सञ्जिव सिंहका साथ व्यस्त देखियो। उनले पनि फुड कोर्टमा खानाको आनन्द लिन आएका दर्शकलाई  संगीतको मिठास थपेर सन्तुष्ट बनाए। उनले आफ्नो पहिलो एल्वम देखि पछिल्लो एल्वम मुग्लान सम्मका गीत सुनाएर सहभागीलाई आनन्दित तुल्याए।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]

Related News
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio