Alina's Bakery Cafe
Black Myna
Tarang
Lumanti Dental Clinic
Welcome guest

अतुल जयन्तीमा श्रष्टालाई सम्मान

2012-01-23 10:54 am
Views [30]
By: Cellroti


 
तबलावादक अतुल प्रसाद गौतमको सम्झनामा स्थापित अतुल स्मृति समाजले उनको ४० औं जन्म जयन्तीको अवसरमा शास्त्रिय संगीतका श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्यो। आइतवार राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो।
 यसरी सम्मानित हुनेमा वरिष्ठ शास्त्रिय गायक धन बहादुर गोपाली,तबलावादक अच्युतराम भन्डारी र कान्तिपुरका पत्रकार पारसप्रकाश नेपाल हुन्। पुरस्कृत हुने धन बहादुर गोपालीले १० हजार रुपैंया सहितको अतुल स्मृति पुरस्कार पाए भने भन्डारी र नेपालले क्रमशः सतीशचन्द्र अतुल स्मृति तबला पुरस्कार र सतीशचन्द्र अतुल स्मृति युवा पुरस्कार र जनही पाँच हजार नगद पाए। गोपाली र भन्डारीलाई शास्त्रिय संगीतमा योगदान पुर्याए वापत पुरस्कार दिइएको हो भने नेपालले यस क्षेत्रमा लेखेर पुर्याएको योगदान वापत पुरस्कृत गरिएको हो।  
 
कार्यक्रममा अरु दर्जन भन्दा बढी व्यक्तिलाई पनि सम्मान गरिएको थियो।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]

Related News
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio