Tarang
Black Myna
Alina's Bakery Cafe
Lumanti Dental Clinic
Welcome guest

संगीत उद्योगमा तरङ्ग

2012-01-24 11:30 am
Views [32]
By: Cellroti


 
सिआरबिटी चोरेको आरोपमा लोक गायक याम क्षेत्री प्रहरी हिरासतमा पुगेपछि नेपाली संगीत उद्योगमा नयाँ तरङ्ग आएको छ। याम क्षेत्री पक्डिएसँगै यसको लहरो लामु हुने अनुमानमा यो क्षेत्रमा यस्तो तरङ्ग आएको हो।
 
विगत लामो समय देखि सिआरबिटीको अनधिकृत डाउनलोडमा श्रष्टाहरु स्वयं संलग्न भएको आशंका गरिए पनि आधाकारिक रुपमा कसैलाई पक्डिएको थिएन। तर गायक याम क्षेत्रीले २१ ह्जार सिआरबिटी चोरेर डाउनलोड गरेको स्वीकारे पछि चोरीमा संलग्न श्रष्टाहरु आफूलाई बचाउन दौडधूपमा लागेको चर्चा छ।
 यो सँगै संगीत उद्यमीसंघमा कम्पनीहरु दुई समूहमा बाँडिएको हल्ला छ। एक विश्वस्त सूत्रले जनाए अनुसार संगीत उद्यमी संघका पदाधिकारीहरु यामलाई बचाउने मनसायमा छन् भने बाँकी सदस्यहरु उनलाई लगायत बाँकी चोरलाई पनि पक्डिएर यो क्षेत्रलाई बदनामीबाट बचाउनु पर्ने धारणामा छन्।
 
यस्तोमा नेपाल टेलिकमले यो सम्बन्धमा छलफल गरेर निष्कर्षमा पुग्न भास कम्पनीहरुसँग बैठक बस्न लागेको बुझएको छ।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio