Tarang
Alina's Bakery Cafe
Black Myna
Lumanti Dental Clinic
Welcome guest

बर्लिनमा नेपाली सिनेमा

2012-01-27 12:09 pm
Views [35]
By: Cellroti


 
नेपाली सिनेमामा शुभ दिन आउन लागेको संकेत देखिएको छ। डुब्न लागेको नेपाली संगीतको बजारलाई 'लुट'ले सञ्जिवनी दिए लगत्तै नेपाली फिल्मकर्मीलाई अन्तराष्ट्रिय स्तरको सफलता हात लागेको छ। नेपाली फिल्म 'हाइवे' बर्लिनको फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट भएको छ। हिजो यलमाया केन्द्रमा आफूसँग एसोसिएट पार्टनरहरुलाई 'हाइवे'को यो उपलब्धिलाई औपचारिकता दिईएको हो। सो क्रममा न्युयोर्कमा रहेका फिल्म निर्देशक दिपक रौनियारले स्काइप मार्फत् बर्लिनमा पाएको यो उपलब्धिले नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजारमा जान सहज भएको जानकारी गराए। “बर्लिन विश्वका पाँच ठूला फिल्म महोत्सव मध्ये पर्छ। त्यस्तोमा नेपाली फिल्म छानिनु 'हाइवे' टिम र सँगसँगै नेपाली फिल्म उद्योगका लागि पनि गर्वको कुरा हो।”दिपकले स्काइप मार्फत् भने। रौनियारका अनुसार  माघ २६ देखि फागुन ७ सम्म जर्मनीको बर्लिन शहरमा हुने फिल्म फेस्टिभलको प्यानोरमा सेक्सन अन्तर्गत नेपाली फिल्म 'हाइवे' छानिएको हो।
 
५३ वटा सिनेमाबाट १८ मा पर्दै हाइवेले स्त्रि्कनिङ्गको मौका पाएको पनि दिपकले जानकारी गराए। रौनियारका अनुसार 'हाइवे' फेस्टिबलको दोश्रो दिन अर्थात् माघ २७ गते ५९५ सिट क्षमताको हलमा पहिलो पल्ट देखाइनेछ। जम्मा पाँच स्त्रि्कनिङ्ग हुने फिल्मका बाँकी प्रदर्शन अलि साना हलमा हुनेछन्।
 
फिल्म सँगसँगै दिपक रौनियार बर्लिन ट्यालेन्ट क्याम्पसमा पनि पर्न सफल भएका छन्।१३७ जना मध्ये एकमा पर्न सफल दिपकले यस्तो मौका पहिलो फिल्म बनाईरहेका त्यस्ता लेखक निर्देशकहरुको क्षमता अभिवृद्धि र नेटवर्क बिस्तारका लागि उपयुक्त हुने बताएका छन्।
बर्लिन पछि फिल्मलाई रिजनल प्रिमियर अन्तर्गत एसियन कन्ट्रीमा ल्ौजाने योजना पनि दिपकले सुनाए। त्यसका लागि टोरन्टोका फेस्टिबल टार्गेटमा रहेको बताए।
 
पत्रकार भेटघाटमा उपस्थित निर्माता समीर दिक्षित र लोनिम दिक्षित पनि बर्लिनमा सहभागी हुने जानकारी गराए। फिल्म नेपालमा पनि सकभर चाँडै रिलिज गर्ने जानकारी निर्माता समीरले गराएका छन्।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]

Related News
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio