Alina's Bakery Cafe
Black Myna
Tarang
Lumanti Dental Clinic
Welcome guest

शेर्पा गीतको संग्रह 'टासी देलेक'

2012-02-22 01:21 pm
Views [213]
By: Cellroti


देशमा आएको राजनीतिक चेतनाले संगीतको क्षेत्रमा पनि उत्तिकै प्रभाव पारेको छ। मान्छेहरु आफ्नो जातीय पहिचानका लागि विभिन्न माध्यमले कसरत गरिरहेका छन्। र संगीतको माध्यमबाट पनि यो प्रयास जारी छ। हिजोको दिनमा नेपाली भाषाका मात्र गीत गाइने परम्परालाई अन्य भाषा भाषिका गीतले बेला बेलामा चुनौति दिने गरेका छन्। आज भोलि नेपालमा नेपाली भाषामा मात्र होइन मैथिली,तामाङ्ग,भोजपुरी,थारु भ्ााषामा समेत गीत रेकर्डिङ्ग हुन थालेका छन्।
 
यही परम्परालाई निरन्तरता दिंदै गायक दोर्जी लामाले समेत आफ्नो स्वरमा शेर्पा भाषाका गीत गाएका छन्। पाँचवटा गीत संग्रहित उनको एल्वमको नाम टासी देलेक रहेको छ।
आङ निमा शेर्पाका शब्द तथा संगीतमा उनले पप विधाका गीतलाई प्राथमिकता दिएका छन्। एल्वम शेर्पा मेडिया गु्रपको सहयोगमा तयार भएको हो।

Post Comments
Save Preview
200 characters left.
By submitting this form, you accept the Mollom privacy policy.
Popular News [5]
What is the most important factor for a succes..
Click to Vote
Test Transmission of Cellroti Online Radio