





Nepali music too has been affected with this trend, which has resulted in the sale of physical assets such as CDs and cassettes going down every year. Nepali customers’ habit of buying and listening to Nepali Music have also evolved with the adoption of new technology .
The challenges being faced by the Nepali Music industry and its stakeholders will be magnified if they continue to embrace traditional ways of doing business. However, newer technologies offer abundant opportunities. Nepali Music can, using the digital medium, find a new lease of life to reach out to Nepali music lovers not only in Nepal but throughout the world.
Some work on the digital front has already started and the response has been tremendous. This bodes well for the future of Nepali Music, especially for the creators and artistes whose songs can now be sold and heard worldwide.

The company seeks to provide a platform for Nepali music and develop both international and local markets by understanding the business of digital contents and rights.
It will establish partnerships with music companies in the country and abroad. It will work together for mutual benefits by making their musical contents available worldwide.
It endeavors to promote quality music and ensure legal rights of artistes as well as music companies
With the aim of promoting digital contents of Nepali music






मौलिकता नभएका लेखक,साहित्यकार, तथा कलाकार संस्थामा रुपान्तरित हुन सक्दैनन्। 'मौलिकता'को तात्पर्य यहाँ कसैको आधार नलिएको,नवीन तथा सृजनात्मक भन्ने हो। अरुको अनुवाद नगरेको तथा नक्कल आदि नगरी आफ्नै सृजनात्मक प्रतिभाद्धारा तयार पारिएको रचनालाई मौलिक रचना भनिन्छ भने संगीतका सन्दर्भमा मौलिक भन्नाले अरु कसैसँग धुन नमिल्ने तथा पहिले चलेका भन्दा भिन्न विशेषता झल्कने धुन भन्ने बुझ्नु पर्छ। यस्तो संगीत नौलो हुन्छ र श्रोताहरु सुन्नासाथ भिन्नताको अनुभव गर्छन्।
गायनका सन्दर्भमा चाहिं मौलिकको तात्पर्य पहिले प्रचलित गायकहरुको भन्दा भिन्नै विशेषता भएको स्वर हुनाका साथै गायन शैली वा कला पनि आफ्नै प्रकारको वा अरु कसैसँग नमिल्ने हुनु हो। मौलिक लेखक तथा कलाकारहरु परमपरालाई सम्मान त गर्छन् तर त्यसको फोटोकपि बन्न भन रुचाउँदैनन्। त्यस्ता लेेखक तथा कलाकारहरुको तुलना कसैसँग गर्नु पर्यो भने हामीलाई अप्ठ्यारो पर्छ किनभने उनीहरु उनीहरु जस्तै हुने भएकाले कसैसँग तुलना नै हुँदैन। फोटोकपि लेखक तथा कलाकारलाई श्रेष्ठताको सम्मान दिन त सक्छन् तर सत्य भने यसको विपरित नै हुन्छ। त्यसैले मौलिकताको खोजी हाम्रो पहिलो काम हुनु पर्छ।
ग्ाायक,संगीतकार र गीतकारहरुको मूल्यांकन गर्ने विभिन्न आधारहरु संसारमा प्रचलित छन् र यसैको वैज्ञानिक मापन सम्भव पनि छ। कुनै पनि कुराको वैज्ञानिक मापन हुन सक्दैन भन्ने विचार पालिराख्नु आफ्नो अज्ञानतालाई प्रस्तुत गर्नु हो भने यो थाहा पाएर पनि मूल्यांकनका सन्दर्भमा यसलाई अंगीकार नगरेर मनपरी गर्नु सरस्वतीकै अपमान गर्नु हो। अब प्रश्न उठ्न सक्छ गायकको मूल्यांकनका अझ बढ्न पनि सक्छ। उपयुक्त प्रश्नहरु मध्ये पनि केही प्रकृति प्रदत्त गुणसँग सम्बन्धित छन् भने केही चाहि. आर्जन गर्न सकिने गुणसँग आबद्ध छन्। स्वरको माधुर्य,पातलो तथा मोटोपन अनि तल झार्ने तथा माथि चढ्ने अवस्था मूलतः प्राकृतिक कुरा हुन् यद्यपि अभ्यासद्धारा यिनीहरुलाई पनि केही हदसम्म परिष्कार गर्न सकिन्छ।अन्य प्रश्नहरु भ्ाने आर्जन गर्न सकिने सीपसँग पूर्णरुपले
सम्बन्धित देखिन्छ र अध्ययन तथा अभ्यासद्धारा यिनीहरुको कमीलाई पूरा गर्न सकिन्छ।
संसारमै के देखिएको छ भने कतिपय गीतहरु शब्दका कारण स्तरीय र लोकप्रिय बनेका छन्,कतिपय गीतमा भएका शब्द र स्वरको कमी कमजोरीलाई संगीतले जोगाइदिएको छ अनि कतिपय गीत चाहिं गायककै विशेष सामर्थ्यका कारण बढी लोकप्रिय बनेका छन्। यस अर्थमा गायक,संगीतकार, तथा गीतकार मध्ये को ठूलो भनेर प्रश्न सोध्नु त्यति उपयुक्त हुँदैन किनभने तीनवटै पक्षले एकसाथ श्रोतालाई तान्न सक्ने सामर्थ्य भएको गीत सर्वोत्कृष्ट हुन्छ। त्यस्तो हुँदाहुँदै पनि गायक,संगीतकार र गीतकार बीच स्वच्छ प्रतिस्पर्धा हुनु राम्रो हुन्छ भने गायकका कोणबाट हेर्दा गायकले आफ्नो स्वरको जादु र गायन कौशलले श्रोतालाई मन्त्र मुग्ध पार्न प्रयासशील हुनुपर्छ।
श्रोताले अनुभव गरुन् यसमा गायकको कौशल नृत्य गरेझैं लहरिई रहेको छ,साँच्चै ओजपूर्ण छ। गायन कौशलले स्वरको प्राकृतिकपनमा देखिएको कमीकमजोरीलाई छोपेेको पनि प्रशस्त उदाहरण पाईन्छ। यसमा पनि स्वर पनि मीठो भए त सुनमा सुगन्ध हुनै नै भयो। नेपाली सांगीतिक फाँटका पूराना पुस्ताका मानिने नारायण गोपाल,प्रेमध्वज प्रधान,तारादेवी, योगेश वैद्य,दीप श्रेष्ठ,भक्तराज आचार्य जस्ता गायकहरु स्वर र गायनकला दुवै दृष्टिले महत्वपूर्ण देखिन्छन् भने हिन्दी चलचित्रका स्तम्भ मानिने मोहम्मद रफी,लता मंगेशकर,आशा भोशले,किशोर कुमार,महेन्द्र कपुर तथा मुकेशका स्वरमा आफ्नै मौलिक विशेषताहरु छन्। उर्दु हिन्दी गजलका गायक मेहंदी हसन,गुलाम अली तथा अनुप जलौटाको स्वर पनि शक्तिशाली छ तर यसभन्दा पनि गायन कला अझ बढी जीवन्त देखिन्छ। गायनका क्रममा श्रोता तथा दर्शकलाई गायनकलाले ताली बजाउन बाध्य बनाउने,उनीहरुको शक्तिलाई हामीले कम आँक्नु हुँदैन।
नेपाली गीत गजल गायनका सन्दर्भमा पनि यस्तो विशेषता,यस्तो प्रतिस्पर्धा आवश्यक छ र संगीतको उर्ध्वगामी यात्रामा लागेका तथा अहिले चर्चामा आएका आनन्द कार्की,कुन्ती मोक्तान,राजेश पायल राई,जगदीश समाल,स्वरुपराज आचार्य,सत्यराज आचार्य,दिपक लिम्बु,अञ्जु पन्त,प्रमोद खरेल,निशा देशार र यस्तै थुप्रै प्रतिभाका धनी कलाकारहरुले यसलाई चुनौतिको रुपमा स्वीकारेर अझ झन् झन् अघि बढ्दै जान सक्नु पर्छ। स्तरीयता र लोकप्रियता दुवैलाई एकसाथ पकड्ने यो नै महत्वपूर्ण उपाय हो।
